तेल अभिव (इज़रायल) असोज ८,
पौराणिक कालदेखि चली आएको परम्परा हरितालिका तीज हिन्दु नारीहरुको बिशेष पर्व हो ! तीजको अघिल्लो दिन माइती घरमा दिदीबैनी जम्मा भएर राती दर खाने र बिबाहित नारीहरुले पतिको सुस्वास्थ्य र दिर्घायुको कामना र अबिबाहित नारीहरुले शिवजी जस्तो पति पाउँ भनी सक्नेले निराहार ब्रत बसेर र नसक्नेले फलफुल खाएर साँझ शिवजी पुजा आराधना गरी ब्रत समाप्त गरिने चलन बिद्धमान छ ! भोको पेटमा नाँच्दै गाउँदै उल्लासमय बातावरणमा यो पर्व मनाईन्छ तर केहि बर्ष यता तीज पर्वको नाउँमा भित्रदो बिकृति प्रति सचेत रहदै संदेश प्रवाह गर्नु हामी शिक्षित बुझकार नारीहरुको कर्तब्य हो ! भने पर्व र संस्कृतिको सम्रक्षण र जगेर्ना गर्नु हामी सबै नेपालीहरुको उत्तरदायित्व हो ! विदेशको हकमा जो जहाँ जसरी रहेपनि कामको प्रकृति हेरी समय अनुकुल साथीभाई दिदीबैनीहरु मिलेर आफ्नो परम्परा र संस्कृतिलाई जगेर्ना गर्न सधै उत्साहित र जागरुक भएकै हुन्छन् यो हाम्रो धर्म संस्कृति परम्परा जगेर्ना र पालना मात्र हैन मातृभूमि प्रतिको आघात माया पनि हो !
यसै सिलशिलामा तीजको केहि दिन अघि देखि दिदिबैनिहरुको पायक पर्ने ठाउँहरुमा समय अनुकुल नेपाली नारी आवाज इन इजरायलले दर खुवाउने व्यवस्था गर्दै १९ तारिख सनिवार इजरायलको तेलभिबमा आध्यात्मिक आस्थाको धरोहर एक मात्र धार्मिक संस्था श्री सत्यसाई केन्द्र इजरायल , हरपल सेवामा संग्लन सक्रिय संस्था नेपाली नारी आवाज इन इजरायल र परोपकारी संस्था रुपन्देही सेवा समाज इजरायलको संयुक्त आयोजनामा तखाना मर्कजित एव्रेस्ट डिस्कोहलमा भब्यताका साथ हरितालिका तीज २०७२ कार्यक्रम सम्पन्न भएको छ ! उक्त कार्यक्रम औपचारिक र मनोरन्जनात्मक दूई चरण सम्पन्न भएको थियो !
संसारको जुन सुकै कुनामा रहे पनि देश दुख्दा कुन नेपाली दुखेको छैनन् होला र ? कुन नेपाली दर्द पीडाले आक्रान्त छैनन् होला र ? देशमा शान्ति र स्थायित्व कायम होस् भनी कुन नेपालीले कामना गरेका छैनन् होला र ? इजरायलको २४ घन्टाको कामको व्यस्तताबाट थोरै फुर्सद निकालेर यिनै दर्द र पीडाहरुलाई केहि हद सम्म कम गर्न , कामको थकानलाई मेटाउन , आपसी सद्भाव र एकता कायम राख्न , पर्व र संस्कृतिको जगेर्ना गर्न '' पर्व र आबस्यकता ,सद्भावपूर्ण एकता '' नाराका साथ यो कार्यक्रमको आयोजना गरिएको हो ! देशमा विनासकारी भूकम्पमा परी दिबंगत भएका र अन्य दिबंगत आत्माको चिर शान्तिका लागि एक मिनेट मौन धारण सहित राष्ट्रिय गान र प्रमुख अतिथि इजरायलका लागि नेपाली राजदुत महामहिम प्रलाद कुमार प्रसाईं उहाँकि धर्मपत्नी सिता प्रसाईं बाहुलीबाट पानसमा बत्ती बालि गायत्री मन्त्रोच्चारण सहित देशले संबिधान प्राप्त गरेको खुशियालीमा यो तीज एतिहासिक बनोस् भन्ने कामनाका साथ कार्यक्रमको सुरुवात गरिएको थियो ! कार्यक्रममा नेपाली दुतावासका उपनियोग प्रमुख खड्ग प्रसाद दाहाल उहाँकि धर्मपत्नी लक्ष्मी दाहाल ,द्धित्तीय सचिव रोशनी खनाल , यु एन प्रतिनिधि डा.ध्रुब कोईराला , एन आर एन ए इजरायलका अध्यक्ष दिपक ओलीको बिशेष उपस्थिति रहेको थियो भने आयोजक संस्थाका पदाधिकारी तथा सदस्यहरु , बिभिन्न संघ संस्थाका प्रतिनिधि ,मिडिया कर्मी साथै ठुलो संख्यामा दिदीबैनीहरुको उपस्थिति रहेको थियो ! श्री सत्यसाई केन्द्रकि महिला संयोजक एवं रुपन्देही सेवा समाज इजरायलकि उपाध्यX तारा पोख्रेलले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो !
औपचारिक कार्यक्रमको प्रमुख अतिथिको आशनबाट राजदुत प्रसाईले प्रवासमा रहेर पनि समाज रुपान्तरणमा योगदान पुर्याउनु , बिकृति विसंगति बिरुद्ध संदेश प्रवाह गर्नु , धर्म परम्परा र संस्कृतिको सम्रक्षण गर्न तत्परता देखाउनु सामान्य नभएको स्पष्ट पार्दै 'पर्व र आबस्यकता ,सद्भाव पूर्ण एकता 'नारा सान्दर्भिक रहेको बताउनु भयो ! उपस्थित सम्पूर्णमा शुभकामना व्यक्त गर्दै कार्यक्रम आयोजक कमिटीलाई धन्यवाद दिनु भएको थियो ! उपनियोग प्रमुख खड्ग प्रसाद दाहाल , द्धित्तीय सचिव रोशनी खनाल , एन आर एनए इजरायलका अध्यक्ष दिपक ओली , रुपन्देही सेवा समाजका अध्यक्ष अनुप पौडेलले शुभकामना मन्तब्य दिनु भएको थियो ! कार्यक्रमलाई रोचक बनाउन उद्घोषिकाबाट नारी कविताका थुंगाहरु प्रस्तुत गरिएका थिए ! औपचारिक कार्यकमलाई अन्त्य गर्दै कार्यक्रम संयोजक एवं श्री सत्यसाई केन्द्र इजरायल तथा नेपाली नारी आवाज इन इजरायलकि अध्यX आध्यात्मिक आस्थाकी धनी नेहा गुरुङ्ले अन्तस्करणमा धार्मिक आस्था नभई धर्म ,संस्कृतिको सम्रXण गर्न नसकिने बताउनु भयो साथै निमन्त्रणालाई स्वीकार गरी कार्यक्रम पाल्नु हुने प्रमुख अतिथि ,बिशेष अथिति ,अतिथि तथा कार्यक्रमको शोभा बढाई दिनुहुने उपस्थित सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्नु हुँदै कार्यक्रम सफल बनाउन सहयोग पुर्याउनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद सहित औपचारिक कार्यक्रमको अन्त्य गर्नु भएको थियो भने कार्यक्रम संचालन साहित्यकार एवम् नेपाली नारी आवाज इजरायलकि महा सचिव सुमित्रा पौडेल आँचलले गर्नु भएको थियो !
औपचारिक कार्यक्रम समाप्त लगत्तै तीजको रहर आयो बरिलै गीतको बोलमा तारा अधिकारी र बिनु बानियाको नाचसंगै तीज उत्सब सुरु भएको थियो ! रातै पहेलै सजिएका दिदीबैनीहरु अत्यन्तै हर्ष उमङ् उत्साहका साथ दर खादै गीतमा नाच्न्दै गर्दा आफ्नै गाउँ घर चौतारी भन्ज्याङ्गहरुमा बसेर गीत गाउँदै नाच्दै गरेको अनुभूति धेरैले सुनाएका थिए ! उक्त कार्यक्रममा दरको लागि हिन्दु सम्रXणकि अध्यX रश्मी घिमिरेज्युबाट ५०० (पांच सय) सेकेल ,रुपन्देही सेवा समाज इजरायलका बरिष्ठ सल्लाहकार बिशाल ज्ञवालीज्युबाट ४५० (चार सय पचास )सेकेल सहयोग प्राप्त भएको थियो भने रुपन्देही सेवा समाजका दाजुभाईहरु नारन पोख्रेल ,भरत पोख्रेल ,गणेश पौडेल र ईश्वरी पौडेलको बिशेष पहल मा दिदिबैनिलाई दर खुवाउनु पर्छ भनी बढो मिहेनतका साथ खटेर अर्को खुशी र उत्साह थप्नु भएकोमा उहाँहरु सम्पूर्णमा आयोजक कमिटिले हार्दिक आभार सहित धन्यवाद व्यक्त गरेको छ ! साथै अर्का सहयोगी सुमी पाण्डे ,जुस पानीको ब्यबस्था गर्नु हुने अन्जना भट्टराई र अम्बिका घिमिरे सहित ब्यबस्थापनमा बिशेष सहयोगी बिपिन लामा ,हम तुम ,मोसे साईराम उहाँहरु सबैमा आयोजक कमिटिले हार्दिक आभार व्यक्त गरेको छ !!