२३ वर्षीय मिनाक्षी कुमारी र उनकी १५ वर्षिया बहिनीमाथि कारबाही स्वरुप
सामूहिक बलात्कार गर्ने तयारी थियो । उनीहरुका दाजु माथिल्लो जातकी केटी
लिएर भागेपछि बदलाभाव स्वरुप उनीहरुमाथि यस्तो कारबाही हुन लागेको थियो ।
भारतको
उत्तर प्रदेशस्थित बाघपात जिल्लाको गाउँ पञ्चायतले २३ वर्षिय
मिनाक्षीकुमारी र उनकी १५ वर्षिया बहिनीलाई सामूहिक बलात्कारसँगै नांगै नगर
परिक्रमा गराउने र कालोमोसो दल्ने निर्णय सुनाएको छ । निर्वाचन बिना नै
गठन भएको गाउँ पञ्चायतले आफूखुसी यस्तो निर्णय सुनाएको एमनेस्टी
इन्टरनेशनलले सार्वजनिक गरेको थियो । गाउँ पञ्चायतको निर्णयपछि त्रसित दुई
दिदीबहिनी अहिले दिल्लीमा छन् । दलित समूदायका ति दुई दिदीबहिनी आफ्ना दाजू
रविले माथिल्लो जातकी केटी भगाएपछि अन्यायमा परेका हुन् ।
गत
फेब्रअरीमा हरियाणाका एक युवकसँग बिहे गरेकी माथिल्लो जातकी कृष्णा
मार्चमा मात्रै रविसँग भागेकी थिइन् । त्यसपछि रुस्ट बनेका गाउँ पञ्चायतका
सदस्यहरुले जुलाई ३१ मा बैठक डाकेर बदलास्वरुप रविका दुई बहिनीलाई बलात्कार
गर्ने निर्णय गरे । गाउँ पञ्चायतको यस्तो निर्णयपछि त्रसित बनेको
मिनाक्षीको परिवार घर छाडेर हिँडेको छ । मिनाक्षीका जेठा दाजू सुमित
कुमारले एमनेस्टीसँग कुरा गर्दै जात भनिने उक्त समूदाय गाउँ पञ्चायतका
शक्तीशाली सदस्य रहेको र उनीहरुले गर्ने निर्णय अन्तिम हुने बताए । गाउँ
फर्किएको खण्डमा ज्यान जान सक्ने भन्दै अहिले उनको परिवार त्रसित छ ।
मिनाक्षीले आफ्नो सुरक्षाको माग गर्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरेकी
छिन् । त्यस्तै मिनाक्षीका बाबुले समेत माथिल्लो जातकी महिलाको परिवार तथा
प्रहरीबाट अपमानित भएको भन्दै उजूरी गरेका छन् । उनीहरु अहिले आफ्नो
सुरक्षासँगै माथिल्लो जातकी ती महिलाको सुरक्षालाई लिएर समेत चिन्तित छन् ।
उक्त महिलाको पेटमा रविको बच्चा रहेको मिनाक्षीको परिवारले बताएको छ ।
एमनेस्टी इन्टरनेशनलले यसअघि नै भारतीय अधिकारीहरुलाई दुई दिदीबहिनीको
सुरक्षा गर्नका लागि ध्यानाकर्षण गराइसकेको छ ।
एमनेस्टीले
अपिल गर्दै भनेको छ, अनिर्वाचित यस्ता गाउँ कमिटी भारतभरी छन् । सामाजिक
व्यवहार तथा छलफलका लागि बनाईने यस्ता कमिटीमा अपवाद बाहेक माथिल्लो जातका
जेष्ठ नागरिकहरुको वर्चश्व छ । यस्तो घृणित सजायँले कसैलाई न्याय दिन
सक्दैन । यो निस्पक्ष होइन, यो सही होइन र यो कानून विपरित छ ।
त्रसित छिन् मिनाक्षी कुमारी
सामुहिक
बालात्कारको सजाय सुनाएकी दुईमध्ये एक मिनाक्षीले यस्तो हिंसात्मक काम
गर्ने गाउँलेहरुबाट त्रसित रहेको बताएकी छिन् । उनले गाउँबाट भागेर
दिल्लीको गोप्य ठाँउमा आएपछि गाउँलेहरुले कसैलाई पठाएर यो कुकृत्य घटाउने
डरले निद्रासमेत नलागेको बताउँछिन् । उनी भन्छिन्, मलाई निद्रा लागेको छैन ।
डरमै छ । हामी कसरी आफ्ना गाउँ घर फर्कने ?’
उनी भन्छिन्, यदी हामी
गाउँ फर्कियौँ भने बलात्कार हुनसक्छ । आज नभए पनि भविष्यमा उनीहरुले
हामीलाई छाड्ने छैनन् । गाउँलेहरुले जातभातको कुरा उठाउँदै बदलाभाव स्वरुप
यस्तो काम गरेको उनीहरुको भनाई छ ।
यसअघि विवाहका क्रममा
दिल्लीमा आफ्नो परिवारसँग रहेका दुई दिदीबहिनीलाई उनकै छिमेकीहरुले गाउँ
नफर्कन भनेका थिए । गाउँ पञ्चायतले दुई दिदी बहिनीलाई सामूहिक बलात्कार
गरेर नांगै घुमाई उनीहरुको अनुहारमा कालोमोसो दल्ने निर्णय सुनाएको जानकारी
उनीहरुले छिमेकीमार्फत नै पत्ता पाए ।
२५ वर्षिय रविकुमारले २१
वर्षकी कृष्णालाई भगाएपछि उनका बहिनीहरुमाथि खतरा बढेको हो । कृष्णा
माथिल्लो जातकी हुन् । यसअघि रविका दाजु सुमित कुमारले आफ्ना भाईलाई
माथिल्लो जातकी केटीसँगको सम्बन्ध अन्त्य गर्न सुझाएका थिए । उनले माथिल्लो
जातकी केटी भगाउँदा समाजबाट बहिस्किृत हुने बुझेरै यस्तो गरेका थिए । दुई
वर्षअघि उत्तर प्रदेशमा रविले सञ्चालन गरेको कम्प्युटर क्लास सिक्न आएकी
कृष्णासँग रविको परिचय भएको थियो । त्यसपछि उनीहरुले फोन नम्बर आदनप्रदान
गरेर गोप्य ठाँउमा भेटघाट गर्दै आएका थिए । रविका बाबु धर्मपाल सिंहले यसको
जानकारी पाएपछि रविलाई तुरुन्तै कृष्णासँग टाढा रहन भनेका थिए । रविले
कृष्णासँग टाढा हुने कोसिस गरेपनि अन्नत उनीहरु एक्लै रमाउन सकेनन् ।
कृष्णाका बाबुआमाले उनका लागि केटा खोजेपनि उनले विवाह गर्न अस्विकार गरिन्
। कृष्णाको परिवारले पटक पटक रविलाई चेतावनी दिदैँ आफ्नी छोरीलाई समेत
कुटेको थियो । अन्त्यमा बाध्य भएर कृष्णाले हरियाणाका एक युवकसँग बिहे पनि
गरिन् ।
तर उनी जर्बजस्ती गरिएको बिहेबाट खुसी हुन सकिनन् । त्यसपछि माइती
आएकी कृष्णा र रविबीच फेरि सम्बन्ध सुरु भयो । यसअघि नै दुई पटक उनीहरु
भागिसकेका थिए । तर दाजु सुमितले बताएअनुसार कृष्णाको परिवारले उनलाई
फर्कायो । अहिले आफ्नो भाई र परिवारमाथि खतरा बढेको भन्दै दिल्ली पुलिसमा
कार्यरत सुमित चिन्तित देखिएका छन् । यसअघि नै कृष्णाको परिवारले रवि ड्रक्समा संलग्न भएको भन्दै पुलिसमा जाहेरी दिएको थियो । गत मेइमा प्रहरीले
उनलाई पक्राउ गर्दै दिल्लीस्थित मेरुत जेलमा हालेको छ । छिमेकीहरुले गाउँमा
खतरा रहेको बताएपछि सुमितका दुई दिदी बहिनी मिनाक्षीसहित सम्पूर्ण परिवार
दिल्लीमा छ । उत्तर प्रदेशको बाघपतमा यो परियारको स्थायि घर छ । त्यस
क्षेत्रमा झन्डै २ सय ५० दलित तथा ७ हजार माथिल्लो जातिका समूदाय बस्छन् ।
गाउँ
पञ्चायतले बलात्कारको निर्णय सुनाएपछि सुमितको परिवारले त्यसको विरोधमा
सर्वोच्च अदालतमा मुद्दा हालेको छ । त्यस्तै सुमितले प्रधानमन्त्री, उत्तर
प्रदेशका मूख्य मन्त्री र मानवअधिकारवादी तथा जातिय अभियन्तालाई पत्र
लेखेका छन् । जून २६ मा रविले जमानतमा रिहाई पाएपछि परिवारले उनी जेलबाहिर
खतरामुक्त नरहने भन्दै रविलाई जेलमै राखेको छ । गाउँ पञ्चायतसँगै उत्तर
प्रदेशको प्रहरीमाथि समेत मद्दा दायर गरिएको सुमित पक्षका वकिलले बताएका
छन् । उनीहरुले न्यायका लागि लडाँई लड्ने र अन्नत न्याय पाएपछि मात्रै घर
फर्कने योजना बनाएका छन् । सञ्चारमाध्यममा यस्तो विषय प्रकाशमा आएपछि अहिले
स्थानिय नेता समेत यस घटनामा चासो दिन थालेका छन् ।
मिनाक्षीको
परिवारका तर्फबाट मुद्दा लड्न लागेका राहुल त्यागी भन्छन्, हामीले सबैतीर
कारबाहीका लागि अनुरोध गरेका छौँ । तर अहिलेसम्म केही भएन । त्यसैले हामी
सर्वोच्च अदालतमा छौँ । हाम्रा केही माग छन् । कसैले ती केटीलाई
देखेको छैन् । त्यसैले अदालतमा मुद्दा चल्नुअघि उक्त केटीलाई भेटाउनुपर्यो
त्यसपछि मात्रै हामी उनको सुरक्षा र स्थितीका विषयमा विश्वस्त गराउन सक्छौँ
। हामीले केटामाथि लागेको आरोपका विषयमा निस्पक्ष छानविनको माग गरेका छौँ ।
त्यस्तै दलित परिवारलाई तनाव दिएको विरोधमा यूपि पुलिसमाथि पनि मुद्धा
दर्ता गर्नु जरुरी छ । सुरक्षा दिएर उक्त परिवारलाई गाउँ फर्काउनुपर्छ ।
अहिले
यस विषयमा झन्डै १ लाख ७५ हजारको हस्ताक्षर सहित भारतभरी अभियान चलेको छ ।
वकिल राहुल त्यागी सर्वोच्च अदालतले यस्तो विषयलाई गम्भिरताका साथ लिने
बताउँछन् । उनले देशको न्यायिक व्यवस्थामा विश्वास र भरोसा रहेको बताए ।
मिनाक्षीले
गत मेइपछि कसैले पनि कृष्णालाई नदेखेको बताइन् । अहिले कृष्णाले रवि र
उनका दाजूले १० दिनसम्म थुनेर जर्बजस्ती बलात्कार गरेको अभियोग आरोप लगाएको
बताइएको छ ।
मिनाक्षी भन्छिन्, उनी अहिले मेरा जेठा दाजू
सुमित र रविले १० दिनसम्म बलात्कार गरेको आरोप लगाउँदैछिन् । उनले
दिल्लीमा जागिर लगाइदिने बताएर रविले दिल्ली ल्याएको र त्यसपछि रवि र
पुलिसमा कार्यरत दाई सुमितले जर्बजस्ती गरेको आरोप लगाएकी छिन् । तर
कृष्णामाथि उनको परिवारले दबाब दिएको छ । मलाई थाहा छ उनी मेरो दाजुलाई
निकै माया गर्छिन् । कसैलाई माया गर्नु नराम्रो होइन । तर उनी माथिल्लो
जातकी हुन् र हामी अछुत हौँ । जहाँ जातको कुरा आउँछ त्यहाँ समस्या हुन्छ र
यो सबै जातका कारण भएको हो । तर मायामा कुनै जात हुदैँन ।
– एजेन्सीको सहयोगमा