विजय थापा ,वाशिंगटन डिसी भदौ २९,
नेपाली वुमेन ग्लोबल नेटवर्क (नेपाली महिला विश्व संजाल ) को आयोजनामा नेपालीहरुको बाक्लो वस्ती रहेको राज्य बोस्टनमा नेपाली महिलाहरुको महान चाड हरितालिका तिज भव्यताको साथ मनाएको छ ।
महिला अधिकार ,महिला सशक्तिकरण तथा अन्य सामाजिक सेवामा अहम भूमिका निर्वाह गर्दै आएको एन डब्लु जी एनले पहिलो पटक मनाएको हो ।
गत सेप्टेम्बर१ तारिखमा भएको तिज कार्यक्रममा उक्त क्षेत्र वरपरका महिला दिदि बहिनिको उत्साहजनक सहभागिता रहेको थियो ।
तीज कार्यक्रम भएतामा संस्थाकी उप सभापति अभिमा उप्रेतीले स्वागत मन्तब्य राख्नुका साथै डा बिद्या रंजितले संक्षेपमा महत्व बारेमा जानकारी गराएकी थिइन् ।
नेपाली महिलाहरुको एक महान पर्व भएकोले बिदेशी पाहुनाहरुलाई पनि निम्त्याईएको जानकारी अध्यक्ष रुकमणि कार्कीले जानकारी दिईन ।
उक्त कार्यक्रममा राज्यकि प्रतिनिधि डेनिस प्रोभोस्ट तथा फेडेरल ग्रान्ट कम्पाइन्स संयोजक कमन वेल्थकि मेलिसा म्याक व्हिनेको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।
महिलाहरु रातो सारी ,चुरा ,पोते ,तिलहरीको साथमा तिज मनाउन आएका थिए भने तीजमा भब्य खानेकुरा राखी दर खुवाईएको थियो । नेपालको सम्झना होस् भनि नेपाली सेल रोटीको व्यवस्था गरिएको थियो ।
डिजे मोहन सुनुवार ,निर्मल निरौला तथा अनिल श्रेष्ठले महिलाहरुलाई नाचगानको लागि नेपाली गितले कार्यक्रम स्थल घंकाईएको थियो । तीजका गितमा निकै रमाएर नाचगानमा सहभागी भएका थिए । तीजमा सुरु देखि अन्त्य सम्मका कार्यक्रममा भिडियो र छाया चित्र शिव राज मिश्रा,अरुणा शर्मा ,निरेन्द्र रंजित ,प्रेम पौड्याल तथा संगीता राईलाई जिम्मेबार बहन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष रुकमणि कार्कीले कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गराउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिएकी थिइन् भने कार्यक्रम संचालन रोशनी घिमिरेले गरेकी थिइन् ।