शिशिर सिंखडा, रत्ननगर, ५ असोज
पूर्वी चितवनको रत्ननगर १५ स्थित भट्टचोकको नाम परिवर्तन गरी एक कार्यक्रमका बिच आजबाट संविधान चोक नामाकरण गरिएको छ ।
स्थानीय माधवपुर बचत तथा ऋण समूहको आयोजनामा भएको कार्यक्रममा स्थानीयले वडाका विभिन्न क्षेत्रमा ¥याली गरी नयाँ संविधान घोषणा भएको खुशीयालीमा कोणसभा समेत गरेका थिए ।
समूहका अध्यक्ष शिव तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भिमसेन सिंखडा, कोषाध्यक्ष बुद्धि अधिकारी, संस्थापक अध्यक्ष हेमलाल तिवारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी पूर्वी चितवनको जुटपानी १, कमलचोक स्थित शिव पञ्चाङ्ग मन्दिरको आयोजनामा पनि नयाँ संविधान घोषणा भएको खुशीयालीमा आज चियापान कार्यक्रम गरिएको थियो ।
संस्थाका अध्यक्ष टलकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय समाजसेवी चेतबहादुर थापा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा संस्थाका सचिव नन्दलाल लामिछाने, स्थानीय रामेश्वर विष्ट, सिर्जना कोइराला, अमृता देवकोटा,पदम बहादुर विष्ट, तोरण बहादुर थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।