विजय थापा, वाशिंगटन डिसी भदौ १९,
नेपालका ख्याति प्राप्त छाया चित्र (फोटो )पत्रकार हाल अमेरिकामा छन् । उनि नेपाल अमेरिका सुन्दरी प्रतियोगिताको लागि निम्ता पाएर आएका हुन् ।
मिस नेपाल युएस प्रतियोगिताका उनि आधिकारिक छायाचित्र पत्रकार तथा फोटो जेनिक (प्रकाशजनक) मा निर्णायक रहेका थिए । उनले नेपाल अमेरिका सुन्दरी प्रतियोगिताको काम फत्ते गरि सकेका छन् । उनलाई दिईएको जिम्मेबार पुरा गरेकोमा दंग छन् । हाल घुमघाममा व्यस्त छन् ।
सबैको सपनाको संसार अमेरिकाबाट आफु पनि लोभिएको बताए । न्युयोर्क घुमे पछि मक्ख छन् । न्युजर्सीमा आयोजना भएको ईन्जिनियर्स (अभियन्ता)हरुको सम्मेलनमा श्रेष्ठ संग छोटो भाला कुसारीमा उनले आफ्नो दाई भारत मुम्बई बलिवुडका ख्याती प्राप्त (फोटो )पत्रकार राकेश श्रेष्ठ भएको बताए ।
र आफुले दाई संग सिकेको र म पनि त्यहि बस्न सक्थे । तर मुम्बई छोडेर नेपालमा केहि गरेर देखाउछु भनेर फर्केको बताए ।
चलचित्र क्षेत्रमा फोटो पत्रकारिताको अहम भूमिका भएकोले मुम्बईमा ५ बर्षको तालिम लिएर नेपाल फर्केर अहिले पनि निरन्तर काम गर्दैछु भने । ३ दशक देखि यस क्षेत्रमा कदम चालेको बताए ।
अमेरिकामा चौबिसै घण्टा बिजुली हुन्छ तर नेपालमा १८ घण्टा सम्म बिजुली नहुदा कसरि काम गर्नु हुन्छ भन्ने जिज्ञासामा श्रेष्ठ भन्छन हाम्रो पेसालाई निकै गाह्रो छ । पेसालाई चाहिने सबै चिज अतिरिक्त राख्नु पर्छ भन्दै आफुले कमाएको पैसा यस्तै कुरामा लगानी गर्नु पर्ने बताए ।
अहिले आफ्नो पेसा बाट जीवन गुजार्न गार्हो रहेको बताए । कुराकानी गर्ने क्रममा अमेरिकाको पहिलो भ्रमण हो भन्दै आफु सिंगापुर ,हंगकंग ,दुबई देश घुमेको बताएता पनि अमेरिकाले मन छुएको छ श्रेष्ठले भने ।
अमेरिकामा धुलो र धुवा छैन भन्दै गगन चुम्बी घरहरु भर्खर बनाएको जस्तो आफुलाई लागेको बताए । विश्व कै सम्राट राज्य न्यु योर्कको म्यान ह्याटनको रात्री जीवन घुम्दा निकै राम्रो लागेको बताए l नेपालमा कहिँ नभए पनि दरबार मार्गमा यस्तो भए पर्यटक आउने थिए भन्ने लागेको बताए ।
छोरा के बनोस भन्ने चाहना राख्नु हुन्छ भनि जिज्ञासा राख्दा राजिवले भने आफु यो क्षेत्रमा लागेकोले मेरो छोराले पनि मेरो बिडो थामी दियोस भन्ने रहेको बताए तर सन्तानले मान्लान या नमान्लान त्यो अर्को कुरा हो भने ।
चलचित्र क्षेत्र अलिक ग्लामर(मोहकता ) हुन्छ । सबै प्रकारको तस्बिर खिच्नु पर्ने पनि हुन्छ । एक छाया चित्र पत्रकार भएकोले कस्तो अनुभूति गन्रु हुन्छ भन्ने जिज्ञासा राजिवले भने म एउटा ब्यबसायिक फोटो पत्रकार हु भने ।
मेरो काम तस्बिर खिच्ने हो, छायाचित्र कैद क्यामारामा गर्नु पर्छ । उनले निर्धक्क साथ भने आफुले तीजमा फरिया लगाएको देखि निर्वस्त्र पनि खिचेको छु , त्यो बेलामा खिच्नेलाईलाई रमाइलो भने कदापी नसोच्नु होला राजिवले बताए त्यो मेरो पेसा हो । त्यो खिच्न निकै अप्ठ्यारो हुन्छ । कुनै प्रकारको कुनै नकारात्मक भावना आउदैन । मन बहकिदैन किनभने मेरो कलाकारिता त्यहाँ झल्किन्छ ।
केहि समय बिभिन्न राज्यहरुको भ्रमण गर्ने सोच रहेको बताउदै अमेरिकामा निकै सुबिधा देख्न र प्रत्यक्ष हेर्न पाएकोमा खुशी लागेको बताए ।