काँकडभिट्टा (झापा) असोज ८,
शान्तिनगर गाविसले चर्पी नबनाउने नागरिकलाई गाविसको सेवा सुविधा रोक्का गर्न थालेको छ । शान्तिनगरवासीले चर्पी बनाउने कार्यमा ढिलासुस्ती गरेपछि यस्तो निर्णय गर्न बाध्य हुनुपरेको गाविस सचिव सुदर्शन बरालले बताए ।
गाविसबाट नागरिकताको सिफारिस, वृद्ध भत्तालगायत सेवा सुविधा लिन आउँदा अनिवार्य चर्पी बनाएको परिचय कार्ड लिएर आउनुपर्ने प्रावधान बनाएको सचिव बरालले उल्लेख गरे । गाविसलाई खुला दिसामुक्त बनाउन विभिन्न राजनीतिक दल, समाजसेवी, शिक्षक, कृषक, व्यापारीलगायतले वडाका सबै ठाउँमा चर्पी बनाउन सन्देश दिइरहेको नेपाली काँग्रेस गाउँ सभापति शेरबहादुर राय बताउँछन् ।
लोपोन्मुख किसान जातिको बसोबास रहेको वडा नं ३ मा सबैले चर्पी बनाएको तर अन्य समुदायले चर्पी बनाउन अटेर गरेकाले यो निर्णय लिनुपरेको गाविस सचिव बरालको भनाइ छ । विपन्न दलित परिवारलाई छाक टार्न धौधौ हुने गरे पनि चर्पी बनाउने अभियानमा सक्रिय भएको गाविसकी सामाजिक परिचालक चन्द्रकला खवास बताउँछन् ।
चार हजार ५४६ घरघुरी रहेको गाविसमा तीन हजार १३८ जनाले मापदण्डयुक्त चर्पी बनाएको र परिचयपत्रसमेत लिइसकेका छन् । बाँकी एक हजार ९७ घरधुरीले चर्पी बनाउने क्रम तीव्र बनाएको र गाविसको अनुगमन पनि चुस्त रहेको गाविस सचिव बरालले बताए । रासस ;