शिशिर सिंखडा
रत्ननगर २६ भदौ ,
पूर्वी चितवनको जुटपानीमा रहेको जुटपानी गरिबी निवारण साना किसान कृषि सहकारी संस्था
लि. को आठौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन आज शनिवार भएको छ ।
जिल्ला सहकारी
संघ चितवनका अध्यक्ष हरि प्रसाद पौडेल प्रमुख अतिथि रहेको कार्यक्रममा कोषाध्यक्ष भोजराम
थपलियाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष भीम प्रसाद लामिछानेको
अध्यक्षतामा भएको कार्यक्रममा लेखा संयोजक धर्मेन्द्र जङ्ग रायमाझीले आर्थिक
प्रतिवेदन र अध्यक्ष भीम प्रसाद लामिछानेले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका
थिए ।
कार्यक्रममा शेयर सदस्य विनोद रेग्मी, मनोरमा रेग्मी, नेपाल रेडक्रस सोसाइटी
जुटपानी उपशाखाका सभापति गणेश शर्मा पौडेल, नेपाली काँग्रेसका शिव प्रसाद पौडेल,
नेकपा एमाले जुटपानीका अध्यक्ष केशव लामा, एमाओवादी जुटपानीका अध्यक्ष बुद्धि प्रसाद
पाण्डे, जनएकता उपभोक्ता सहकारी संस्थाका सदस्य भीम प्रसाद खनाल, संस्थाका सचिव दिपक
लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थालाई महत्वपूर्ण
योगदान गर्ने सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।