एजेन्सी भदौ ३१,
ब्राजिलमा हालै देखाइएको एउटा विज्ञापन अभियान विश्वचर्चित भइरहेको छ । गर्भवती महिलाले खाएको खानाको असर शिशुमा कसरी पर्छ भन्ने सचेतनाका लागि बनाइएको बिज्ञापन अहिले बहशको विषय समेत भएको ।
आमाले खाएको खाना, जंक फुड, पेय पदार्थ वा धुमपानले पटेभित्र रहेको शिशुलाई कसरी असर गर्छ भन्न देखाइएको छ । विज्ञापनको चित्रमा विभिन्न प्रकारको अस्वस्थ खानेकुरा जस्तो देखिने चित्र आमाको स्तनमा कोरिएको र बच्चाले सोही खानेकुरा खाइरहेको देखाइएको छ ।
ब्राजिलको पेडियाट्रिक सोसाइटी अफ रिओ ग्रान्डे (एसपीआरएस) लागि सिर्जना गरिएको सो सनसनीपूर्ण विज्ञापनमा साबधानीपूर्ण अक्षर देखाएको छ– तपार्इँले जे खानुहुन्छ, शिशुले पनि त्यही खान्छ ।
विज्ञापन एजेन्सी पेइमले डिजाइन गरेको सो विज्ञापनमा खराब भोजनले बालबालिकालाई पार्न सक्ने खतरा दर्शाएको छ ।
विज्ञपानमा यसरी सचेत गराइएको छ–तपाईँको खानपिनको आदतले तपाईँका बच्चालाई पहिलो एक हजार दिनसम्म लाग्न सक्ने गम्भीर रोगबाट बचाउँछ ।
एउटा तस्बिरमा बालकले चिज वर्गर पेन्ट गरेको आमाको स्तन चुसेको देखाइएको छ भने अर्को तस्बिरमा डुनोट र सोडा खाएको देखाइएको छ ।
बेलर कलेज अफ मेडिसियनका सहप्राध्यपाक रोबर्ट वाटरल्यान्डले गरेको हालैको एक अध्ययन अनुसार गर्भवती महिलाको स्वस्थ भोजनले यस्तो जिन विकास गर्न सहयोग गर्छ जसले टयुमरलाई समेत दबाइदिन्छ । तर, गर्भवती महिलामा राम्रो पोषणयुक्त भोजन भएन भने ती महिलाबाट जन्मिएको बच्चा क्यान्सरसँग लड्न सक्ने जिन बन्ने न्यून सम्भावना हुन्छ ।