तिमी पराई भए पछी मैले काँडा हुनै पर्छ
बसाई सराई भए पछी मैले टाढा हुनै पर्छ ।।
हाम्रो साथ छुटे पछी अन्तै माया सार्यौ होला
हसाई हसाई अन्तै तिम्रो माया गाढा हुनै पर्छ ।।
तिम्रो खेलमा तिम्रो जित मेरो हार भए पछी
सताई सताई रुवाउने तिमी छाडा हुनै पर्छ।।
पराई घर तिमिलाई उतै खुशी सारा होला
तिमिलाई भुल्न नसके नि मैले टाढा हुनै पर्छ।।
कबिराज मगर
दिप्लुङ १ केरावारी
खोटाङ