मुस्ताङ भदौ १३,
जिल्ला स्वास्थ्य कार्यालयले तीन गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरेको छ । जन्मेदेखि २३ महिना उमेर समूहभित्रका बालबालिकाले लगाउनुपर्ने सबै प्रकारका खोपको मात्रा पूरा गरेपछि कुञ्जो, टुकुचे र मार्फा गाविसलाई शनिबार पूर्ण खोपयुक्त घोषणा गरिएको हो ।
पूर्ण खोपयुक्त गाविस घोषणका लागि १० प्रकारका रोगविरुद्ध अनिवार्य रुपमा खोप लगाएको हुनुपर्छ । टुकुचेमा २७, कुञ्जोमा २० र मार्फामा ३६ बालबालिका रहेको र उनीहरुले अनिवार्य रुपमा खोप लगाएको पाइएपछि ती गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर बद्री आचार्यले जानकारी दिए । १६ गाविस रहेको जिल्लामा १३ गाविसमा खोप अभियानलाई तीव्र गति दिइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस :