शिशिर सिंखडा : पूर्वि चितवनको शक्तिखोर ८ कालिकामा आयोजीत कार्यक्रममा स्थानिय
वासिले शक्तिखोर क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग गरेका छन् ।
इलाका प्रहरी कार्यालय रत्ननगरले आयोजना गरेको वस्ति भेटघाट तथा
अन्तरक्तिया कार्यक्रममा स्थानियहरु ले पहाडी गा.वि.स. शक्तिखोर
र सिद्धि क्षेत्रमा प्रहरी चौकी नहुँदा अपराधिक क्रियाकलाप बढ्न
सक्ने भएकोले तत्काल प्रहरी चौकी स्थापना गरीनुपर्ने बताएका थिए
।
कार्यक्रममा बोल्दै शक्तिखोर गा.वि.स. का निवर्तमान अध्यक्ष
गोपि श्रेष्ठले पर्यटकीय क्षेत्रको रुपमा विकाश हुँदै गएको यस क्षेत्रमा
सुरक्षा अभाव महशुस भएको कारण धेरै विकाशका सम्भावनाहरु ओझेलमा
परेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस शक्तिखोरका सभापति
प्रकाश थापा, नेकपा एमाले शक्तिखोरका अध्यक्ष लेख बहादुर थापा,
ए. माओवादी शक्तिखोरका उपाध्यक्ष भरत ढुगांना, नयाँ विहानी
टोल विकाश संस्था गैरिवारीका अध्यक्ष झनक बहादुर गुरुङं, कालिका
यूवा क्लबका अध्यक्ष निराजन गौलि, सामुदायिक सेवा केन्द्र
रत्तननगर का सदस्य लिला बहादुर गुरुङ लगाएतले मन्तब्य ब्यक्त
गरेका थिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय रत्तननगरका
डि.एस्.पि. टिका बहादुर कार्कीले यस क्षेत्रमा प्रहरी चौकी स्थापना
गर्न आफुले सक्दो सहयोग गर्ने बताएका थिए । साथै यस क्षेत्रमा
शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै
रत्तननगरका डि.एस्.पि. टिका बहादुर कार्कीलाई स्थानियले
फूलमाला र अविरले सम्मान समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै
शक्तिखोर गा.वि.स. का निवर्तमान अध्यक्ष गोपि श्रेष्ठ, नयाँ विहानी
टोल विकाश संस्था गैरिवारीका अध्यक्ष झनक बहादुर गुरुङं र चौकी
निर्माण समिति जुटपानीका संयोजक पदम बहादुर अधिकारीले
कार्कीलाई संयूक्त रुपमा सम्मान गरेका थिए ।