भावना, देशभक्ति संदेश
बुद्ध भुमि शान्ति भुमि किन पार्छौ युद्ध भुमि
रुदै छिन नेपाल आमा कता सार्छौ किन मातृभूमि । ।
दश बर्से जनयुद्धमा रगतले पोतिएको दाग छ कर्मभूमि
बगाउदैछिन अश्रुधारा नेपाल आमा मार्छौ किन मातृभूमि । ।
सयौ जातको फुलबारी मेची देखि महाकाली
लगाउदैछौ मिलि अंशबन्डा खण्ड पार्छौ किन मातृभूमि । ।
एकै सन्तानका दाजु भाई गर्छौ किन काटामार
लगाउदैछौ तेरो मेरो भन्दै सिमाना बार्छौ किन मातृभूमि । ।
कविराज मगर
दिप्लुंङ १ केराबारी
खोटांङ