काठमाण्डौ भदौ ४,
स्वामी प्रपन्नचार्यको ९२ वर्षको उमेरमा आज बिहान ३:३० बजे मृगस्थली आश्रममा निधन भयो । लामो समयदेखि पिसाब र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित उनी तत्कालीन राजपरिषद् स्थायी समितिका सदस्य थिए।
उनले नेपाली भाषा, साहित्य, संस्कृतिसम्बन्धी धेरै अनुसन्धानमूलक कृति प्रकाशन गरेका थिए। ‘वेदमा के छ?’ नामक उनको कृति चर्चित छ। किरात जातिको इतिहासलगायत संस्कृतिसम्बन्धी धेरै कृति पनि प्रकाशित छन्।
हालै नेपाल संस्कृत विश्वविद्यालयले उनलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गरेको थियो। साथै सरकारले उनको योगदानको कदर गर्दै उनलाई आजीवन मासिक रु ३० हजार प्रदान गर्ने निर्णय गरेको थियो । उनको जन्म विसं १९८० मा पाँचथरमा भएको थियो । ३० वर्षको उमेरमा उनले लेखपद गर्न प्रारम्भ गरेका थिए। रासस