कति साहस गर्नु अब जिन्दगीमा हारे पछि,
हात दिने सहाराले जिन्दगीमा मारे पछि ।।
संगै संगै हिड्ने बाटो छुटि गयो दोबाटोमा
साथ दिने पहराले बाटो अन्तै सारे पछि।।
छाडीएछ बस्तिहरु भाग्य खोज्ने चौबाटोमा
बाध्यताले जिन्दगीलाई मरुभुमि तारे पछि ।।
कस्तो भयो सपनाको मेरो सानो बस्ति गाउ
दोष कसलाई दिउ दैबले नै भाग्य टारे पछि ।।
कविराज मगर
दिप्लुंङ १ केराबारी
खोटांङ