गजल By, मानन्धर अभागी
विश्वले उत्कृष्ट मानेको सुन्दर त्यो भेडेंटार
भुकम्पले क्षती पा¥यो कहिले गर्ने उपचार
कुहिरोमा रुमलिइ त्यो डाडाँको सिरानमा
जीर्ण त्यो अवस्थामा बोक्दै आएको थ्यो भार
बन्द रैछ कौशी तल्ला जहाँबाट देख्छौं हामी
धरानको गाउँ वस्ती सुन्दरम् त्यो मुहार
कयौं पर्यटक फर्किए निराश निराश भएर
मस्त त्यो चीर निन्द्रामा कुम्भकर्ण सरकार
यो देशको धरोहर जगेर्ना गर्नु दायित्व हो
वेलैमा हामीले सोचौं गरौं मर्मत संभार ।
मानन्धर अभागी