इजिप्ट, श्रावण ७ ,
एजेन्सी : इजिप्टको नाइल नदीमा यात्रुबाहक डुंगा मालबाहक डुंगासँग ठोक्किँदा १९ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
स्थानिय समय अनुसार बुधबार अबेर राति गिजाको वाराक क्षेत्रमा उक्त दुर्घटना भएको हो । फेरीमा ३० जना यात्रु रहेको इजिप्टको स्वास्थ्य मन्त्रालयका प्रवक्ता होसाम अब्देल गाफरले बताए । प्रवक्तका अनुसार उक्त क्षेत्रमा १६ वटा एम्बुलेन्स र ८ वटा उद्दार डुंगा परिचालन गरिएको छ ।
समाचार एजेन्सीका अनुसार हराइरहेकाको खोजी कार्य जारी नै छ । मालबाहक डुंगासँग ठोकिएपछि यात्रुबाहक डुंगालाई क्षति पुगेर डुबेको थियो । ६ जनाको उद्दार गरिएको छ भने मालबाहक डुंगाको क्याप्टेनलाई पक्राउ गरिएको मन्त्रालयले जनाएको छ ।