सोमबार आषाढ २१,
नारीदर्पण :बर्षा र गर्मि संगै तराइका जिल्लामा सर्पदम्सका बिरामी बढ्दै गएका छन् । हरेक दिनजसो सर्पदम्सका बिरामी कुनै न कुनै अस्पताल पुग्ने गरेको रोग नियन्त्रण महाशाले जनाएको छ ।
सर्पदम्स्का बिरामी बढ्दै गएपनि यसविरुद्धको औषधि भने आबस्यकता अनुसार सरकार सँग छैन । झन्डै अबको एक महिनालाई पुग्ने भएपनि त्यसपछि भने अभाव देखिने महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले बताउनु भयो ।
सर्पदम्सको औषधिका लागि भारतकै भर पर्नु पर्ने बाध्यताछ तर त्यहाँको सर्वोच्चा अदालतले विदेश निर्यात गर्ने गरि उत्पादन गर्न गराउन रोग लगाएपछि अहिले औषधि ल्याउने टेन्डर पनि रोकिएको छ ।