चितवन २३ असार ,
चितवन जिल्लाको दुर्गम पहाडी गाबिस लोथर ४ द्रुमबाङका २१ बर्षीय
सन्देश चेपाङ्गको मनाङ्गमा भीरबाट लडेर ज्यान गएको छ ।
साथीहरुसंग मिलेर ज्यामी काम गर्न मनाङ्ग गएको अवस्थामा
चारदिनअघि मनाङ्गको धारापानीमा काम गर्ने क्रममा लडेर ज्यान
गएको मनाङ्गबाट सूर्यबहादुर चेपाङ्गले जानकारी दिएका छन् ।
६ महिनाअघि विवाह गरेका चेपाङ्गले बिबाहमा लागेको ऋण र बैशाख १२
को भुकम्पमा परी सखाप भएको घर पुननिर्माण गर्ने उद्देश्यका साथ
गाउँका साथीहरुको साथमा २ महिनाअघि मनाङ्ग गएका थिए ।
उनको
शवको हिजोमात्र पोष्टमार्टम पनि भएको जिल्ला प्रहरी कार्यालय
मनाङ्गले जानकारी दिएको छ ।
गत बैशाख १२ गते गएको भुकम्पले चितवन जिल्लाको अत्यन्त क्षति
भएको गाबिसमध्ये लोथर पनि एक हो भने वडा नं.४ को उक्त
गाउँका अधिकांश घरहरु क्षतिगस्त भएका छन् । उक्त गाउँका
अधिकांश युवाहरु ज्यामी काम खोज्दै मनाङ्ग लगायत विभिन्न जिल्ला
गएका छन् ।
उक्त गाविसमा नै माध्यमिक विद्यालय नभएकोले उच्च शिक्षा अध्ययन
गर्ने चेपाङ्ग नगन्य मात्रामा छन् । अशिक्षाका कारण कम जोखिम भएका
काम पाउन मुस्किल भएकाले जोखिमयुक्त निर्माणका कामहरुमा
त्यहाँका चेपाङ्गहरु दुर्गमका जिल्लाहरुसम्म धाउने गरेको
गामबेसीको चेपाङ्ग संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्माले
जानकारी दिनुभयो ।