असार १७, भरतपुर,
अनन्तप्रकाश सुवेदी : सनराइज इंग्लिश स्कूल जुनियर रेडक्रस सर्कलको आयोजनामा रक्तदान कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।
सनराइज स्कूलको प्रांगणमा सो ३३ औं रक्तदान कार्यक्रम आयोजना भएको रेडक्रस सर्कलकी अध्यक्ष कक्षा १० की छात्रा निरुता अधिकारीले बताइन । हरेक वर्ष स्कूलले जुनियर रेडक्रस सर्कल र एल्मुनाइको सहआयोजनामा रक्तदान कार्यक्रम गर्ने गरेको अधिकारीले बताउनुभयो ।
गर्मीको समयमा रगतको अभाव भएकाले गर्मीको समय भए पनि रक्तदान गरिएको कार्यक्रम संयोजक तथा कक्षा १० की छात्रा निष्ठा दवाडीले बताइन् । सो अवसरमा १३ महिला तथा ४४ पुरुष गरि जम्मा ५७ जनाले रक्तदान गरेका थिए ।
सनराइज भूतपूर्व विद्यार्थि समाजका अध्यक्ष अनिल अधिकारी, अन्य पदाधिकारी तथा सदस्य, स्कूलका शिक्षक, अभिभावक तथा विद्यार्थिहरुको कार्यक्रममा उपस्थिति रहि रक्तदान गरेका थिए । कार्यक्रम सफल रहेको र विद्यार्थिहरुले मेहनत गरेर परोपकारी काम गरेको कार्यक्रमका प्रमुख अतिथि तथा स्कूलका प्राचार्य टेकबहादुर श्रेष्ठले बताउनुभयो ।