काठमान्डौ साउन ८,
सञ्चारकर्मी तथा गीतकार पुरुषोत्तम बस्नेतको एल्बम रासुमको यो जुनी यस्तै भयो, अर्को जुनी तिम्रै हुन्छु....बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ ।
राजेश पायल राईको आवाज रहेको सो गीतको भिडियो निर्देशन प्रदिप रसाइलीले गरेका छन् ।
गीतमा अविदको संगीत र सञ्जीव बराईलीको संगीत संयोजन छ । भिडियोमा जेनिशा केसी, दिपेश कार्की र नवराज कोइरालको अभिनय छ ।
उपत्यकाका विभिन्न स्थानका दृष्य कैद गरिएको सो भिडियोलाई अजय रेग्मीले छायाँकन र ओम प्रसाइले
सम्पादन गरेका हुन् ।
रासुम बस्नेतको तेस्रो एल्बम हो ।एल्बमलाई कम्पास मिडियाले बजारमा ल्याएको छ ।
== Video . . .