रत्ननगर ०३ साउन,
शिशिर सिंखडा : नेपालको संविधानको प्रारम्भीक मस्यौदा अध्ययन तथा सुझाब
संकलन सम्बन्धी अन्र्तक्रिया रत्ननगरमा आज भएको छ । नेकपा
एमाले क्षेत्रीय कमिटी क्षेत्र नं.२ ले आयोजना गरेको
कार्यक्रम क्षेत्रीय अध्यक्ष कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा
भएको थियो ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् सभासद
काशीनाथ अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा
सभासद अधिकारीले जनताको चाहना अनुसारको संविधान जारी हुने
भएकाले महत्वपूर्ण सुझाब दिन नागरिकलाई आग्रह गर्नुभएको
थियो ।
दलहरु बीच प्रदेशका नाम प्रदेश सभाले राख्ने सहमति भएको
भएपनि नागरिकवाट उपयुक्त सुझाब आए नामङकन र सिमाङन
सहितको संविधान आउने उहाँको भनाई थियो । कार्यक्रममा
नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य कृष्णप्रसाद खनालले
मुलुकका प्रमुख राजनीतिक दलहरुको सहमतिमा नयाँ संविधान
आएकाले त्यसका सबैको विषय समावेस भएको बताउनुभयो ।
उहाँले
केही महत्वपूर्ण विषयमा सुझाव दिन नागरिकलाई आग्रह
गर्नुभयो । कार्यक्रममा क्षेत्रीय उपाध्यक्ष रामशरण कुँवरले स्वागत
मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहभागिहरुले सभासद
अधिकारीसंग संविधानको सुझाव दिने विषयमा अन्र्तक्रिया समेत
गरेका थिए ।