रत्ननगर ०२ साउन
रत्ननगर–१० मंगलपुरमा हरेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न
र जस्तापाता सहयोग भएको छ । प्याराभेट भरतपुरले खाद्यान्न र अष्टेलियामा कार्यरत
रविन सापकोटा र युनिसा सापकोटाले जस्तापाता सहयोग गरेका हुन ।
प्याराभेटले
चामल १५ बोरा,चिउरा भूजा १५ बोरा,२ कार्टुन तेल सहयोग गरेका हुन ।
प्याराभेटका अध्यक्ष अमृत श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला
पशु सेवा कार्यालयका प्रमुख डा.रामकुमार कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्याराभेटका उपाध्यक्ष रुद्रकुमार श्रेष्ठ,पशु चिकित्सक महेन्द्र
शाह,तिलकशर्मा पौडेल,सरस्वती सापकोटा,गोमा सिंखडा,भवानी न्यौपाने लगायतले
वोल्नुभएको थियो । प्रमुख डा.रामकुमार कार्कीले केन्द्रमा आश्रित चेपाङ
वालवालिकालाई निरन्तर सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो भने
पदमपुर निवासी गोमा सिंखडा र भवानी न्यौपानेले भान्सा घर बनाइदिने
घोषणा गर्नुभयो ।
अष्टेलियामा अध्ययनरत सापकोटाले आफनो हजुरबुवा
स्वर्गिय तुलसी प्रसाद सापकोटाको स्मृतिमा सो जस्तापाता सहयोग गर्नुभएको उहाँका
आमा सरस्वती सापकोटाले बताउनुभयो ।
सो अवसरमा केन्द्र नजिकै रहेको पञ्चकन्या
सामुदायिक वनको खाली जग्गामा पञ्चतेज ज्याति प्राथमिक विद्यालय र केन्द्रको
सयुक्त पहलमा निर्माण गरिएको कटहर बाटीकामा डा.रामकुमार कार्की र
प्याराभेटका अध्यक्ष अमृत श्रेष्ठले आआफनो नाममा कटहरको विरुवा
रोप्नुभएको थियो । केन्द्रमा हाल चितवन,मकवानपुर,धादिङका १०६ जना विपन्न
चेपाङ समुदायका वालवालिका आश्रित छन ।