सोल आशाद ६,
दक्षिण कोरियामा मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम मर्स नामको भाइरसको सङ्क्रमण घटेको अधिकारीहरुले जनाएका छन् ।
दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले शनिबार यसका सङ्क्रमित नभेटिएको जनाएका छन् ।
यो सङ्क्रमणका बिरामीको सङ्ख्या १७० पुगेको बताइएको छ । यस रोगका विरुद्ध दक्षिण कोरियाले सुरु गरेको लडाइका क्रममा यसमाथि विजय हासिल गरेको हो त भनेर यसलाई लिइएको छ । १६ दिनअघिदेखि दक्षिण कोरियाको सरकारले यसका विरुद्धमा स्वास्थ्य विशेष स्वास्थ्य उपचार सुरु गरेको हो ।
सोह्र दिनपछि पहिलो पटक यसको सङ्क्रमणबाट कुनै विरामी अस्पताल नआएका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । तर शनिबारै एकजना ६३ वर्षीय पुरुषको भने यसको सङ्क्रमणबाट निधन भएको छ ।
यस सङ्क्रमणबाट २५ जनाको ज्यान गएको कोरियाली स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । यसबाट शनिबार थप एक जनाको ज्यान गएपछि त्यसबाट मृत्यु हुनेको सङ्ख्या २५ पुगेको हो ।
आजसम्म आइपुग्दा यसबाट सङ्क्रमितको सङ्ख्या कम्तीमा पनि १६६ पुगेको अधिकारीहरूको भनाइ छ । अस्तालहरूमा अहिले पनि सयौँ व्यक्तिको उपचार जारी रहेको छ ।
कोरियाली स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरियाली अधिकारीहरूले यस सङ्क्रमणको प्रभाव घटाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको र सतर्कता अपनाइएको छ ।
स्वास्थ्य जाँचपछि सयौँ व्यक्तिलाई घरैमा बस्न भनिएको छ । त्यस्तै यसबाट बच्न सयौँ जना स्वास्थ्यकर्मीलाई देश भित्रिने नाकाहरूमा स्वास्थ्य जाँचका लागि राखिएको छ ।
दक्षिण कोरियाबाट बाहिर जाने तथा दक्षिण कोरिया भित्रिने एयरलाइन्सलाई पनि सतर्कता अपनाउन कडा निर्देशन जारी गरिएको समाचारमा जनाइएको छ । रासस/एएफपी: