बिहिबार जेठ २१,
नारीदर्पण : विनासकारी भूकम्प पछी पीडितको खोज, उद्धार र राहत वितरण गर्न आएका विदशी सेना सहितका सबै हेलिकप्टरहरु आज देखि नेपाल छाड्ने भएका छन् ।
भारतका सबै हेलिकप्टर आज फर्कदै छन् । भारतीय सेना ६९ र क्यानेडियन सेनाका ७ जना काठमाण्डौमा छन् । सैनिक प्रबक्ता सहायकरथी जगदेश्व चन्द्र पोखरेलले बिदेशी सैनिक र हेलिकप्टर फर्कने क्रममा रहेको बताएका छन् । धेरैजसो आज फर्कने र यसाही हप्तामा अन्य पनि सबै फर्की सक्ने उहाँले बताउनु भयो ।
भारतीय सेनाका हेलिकप्टर मध्ये ८ वटा फर्की सकेको र छ वटा फर्किने क्रममा रहेको पोखेरलले जानकारी दिए । भारतले बैशाख १२ मै पठाएको मध्ये तीन एम आइ १७ र तीन वटा ए एल एच ध्रुव हेलिकप्टर आज स्वदेश फर्किदै छन् । क्यानेडियन सेनाका सातजना भोलि स्वदेश फर्कने जानकारी सैनिक मुख्यालयलाई गराएका छन् ।