गीत ' एउटा प्रतिबिम्ब '
म सित टाँसेको छ,एउटा प्रतिबिम्ब,
सायद,आफ्नो जिन्दगीबाट कहिले हट्दैन होला।
म सित बाँचेको छ,एउटा प्रेमशास्त्र,
सायद,दिलको अन्तराबाट कहिले झरदैन होला।
एउटा भरोसामा मायाको भावना,जब उत्रीन लाग्छ।
एउटा तृष्णामा मायाको चाहना,तब विचित्र लाग्छ।
मेरो गीत बनेको छ,मीठा सगीतमा,
सायद,जीवनको साधनाबाट कहिले छुट्दैन होला।
मेरो प्रीत सजेको छ,सफा हिर्दयमा,
सायद्,मौसमको परिवर्तनबाट् कहिले निभ्दैन होला।
कति मीठो हुन्छ,अब निर्मल् माया वेहोशीमा।
कति चोखो हुन्छ,दैव कोमल माया निदोषीमा।
गोपाल प्रधान