झापा आषाढ १२,
युवतीलाई होटलमा राखेर यौनधन्दा चलाउँदै आएका एक होटल सञ्चालक झापाको बिर्तामोडबाट शनिबार अपराह्न पक्राउ परेका छन् । विर्तामोडस्थित सम्झौता होटलका सञ्चालक अभिमान लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले सो होटलबाट तीन जना युवतीलाई पनि नियन्त्रणमा लिएको छ । लिम्बूले लामो समयदेखि होटलमा युवती राखेर यौनजन्य गतिविधि सञ्चालन गर्दै आएको बताइएको छ । त्यस्तै शनिबारै बिर्तामोडस्थित नयाँ बसपार्कमा सञ्चालित ताप्लेजुङ–मनकामना होटलबाट धनकुटा, धादिङ, काभ्रे र दोलखाका चार युवतीलाई पनि प्रहरीले यौनजन्य गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ ।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए । ताप्लेजुङ–मनकामना होटलका सञ्चालक राम राजवंशी भने प्रहरी देख्नेबित्तिकै फरार छन् । रासस :