वाशिंगटन डिसी आषाढ १४,
विजय थापा : नेपालको भूकम्प पिडितहरुका लागि अमेरिकाको न्यु जर्सी राज्यमा रहेका नेपाली अमेरिकन तथा भारतीय अमेरिकन चिकित्सकहरुले सयुक्त रुपमा ५० हजार डलर उठाएका छन् ।
न्यु जर्सीमा रहेको अमेरिकन नेपाल मेडिकल फाउनडेसनको पहल तथा इन्डियन अमेरिकन मेडिकल एसोसिएसनको आयोजनामा भएको कार्यक्रममा उक्त रकम उठाईएको छ ।
उक्त संकलन गरिएको रकम नेपाली मुलका चिकित्सकहरुले नेपाल आफै गएर खर्च गर्ने बताएका छन् । इन्डियन अमेरिकन मेडिकल एसोसिएसनलाई बंगली सांस्कृतिक समाज तथा अन्य संगठनहरु संग सयुक्त रुपमा मिलेर आर्थिक संकलन गरेको बताएका छन । भूकम्प पिडितहरुका लागि नेपाली तथा भारतीय सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।