जनकपुरधाम, १२ असार,
धनुषा जिल्लामा महिलामा देखिने पाठेघरका रोग र यौनजन्य समस्यालाई ध्यानमा राख्दै यही असार १५ र १६ गते जनकपुरमा पाठेघरको समस्यासम्बन्धी उपचार शिविर सञ्चालन हुने भएको छ ।
संसदीय विकास कोष, नेपाल परिवार नियोजन सङ्घ र मैथिली महिला कला केन्द्रद्वारा सञ्चालन हुने सो शिविरमा पाठेघरको समस्या र क्यान्सरको उपचार गरिने छ । एक तथ्याङ्कअनुसार धनुषा जिल्लामा ५० प्रतिशत महिला यौनजन्य समस्याले पीडित रहेका छन् ।
कलिलो उमेरमा विवाह, बच्चाको जन्म, सरसफाइप्रति बेवास्ता, कम उमेरमा छिटो–छिटो बच्चाको जन्म दिने, पटक–पटक गर्भपतन, गरिबी र धुम्रपानले पाठेघरमा समस्या र क्यान्सर रोग लाग्ने गरेको देखिन्छ । रासस: