मुम्बई जेठ ७,
बलिउड अभिनेत्री प्रियंका चोपडा अमेरिकी दर्शकमाझ पनि छाउने भएकी छन् । सन् २००० की मिस वल्र्ड तथा गायिका समेत रहेकी प्रियंकाले अमेरिकी च्यानल एबिसीको नयाँ सिरियल ‘क्वान्टिको’मा अभिनय गर्न लागेकी हुन्।
९६ लाख ट्वीटर फलोअर र डेढ करोड फेसबुक फ्रेन्ड बटुलिसकेकी प्रियंकाले बलिउडका ४५ भन्दा बढी फिल्ममा खेलिसकेकी छिन् र उनी बलिउडका महँगा अभिनेत्रीमध्ये एक हुन् । अब उनी संसारमा धेरै चिनिने अभिनेत्री बन्ने तरखरमा पनि छिन् ।
३२ वर्षीया प्रियंकालाई दर्शकले टिभीमा हेर्न केही महिना प्रतीक्षा गर्नुपर्ने हुन्छ । ‘क्वान्टिको’मा उनले अमेरिकी गुप्तचर संस्था एफबिआईको एजेन्ट भएर अभिनय गर्नेछिन् । गायन प्रतिभा र बलिउडको
अनुभवका कारण उनले यो अवसर पाएकी हुन् ।
सिरियलको ट्रेलर सार्वजनिक भइसकेको छ ।एबिसी च्यानलका प्रमुखले प्रियंकालाई ‘एक आदर्श एबिसी स्टार’ भन्दै स्वागत गरिसकेका छन् । एजेन्सी :