ललितपुर, बैशाख १३
महाभूकम्पका कारण पाटन दरबार क्षेत्र ध्वस्त भएको छ । कृष्ण मन्दिर बाहेकका अधिकांश मन्दिर भत्किएका छन् । दरबार स्क्वायर क्षेत्रमा पार्किङ गरिएको मोटरसाइकल पुरिएको अवस्थामा प्रहरीले आज निकालेको छ ।
योगनरेन्द्र मल्लको शालिक, कृष्ण मन्दिर क्षेत्रको महादेव मन्दिर र चागुनारायण मन्दिर पूर्ण रुपमा ध्वस्त भएका छन् । त्यस्तै पाटन दरबार छेवैमा रहेको शक्तिपीठ पनि ध्वस्त भएको छ । भिमसेन मन्दिर र सो अगाडी रहेको सत्तल पनि पूर्ण रुपमा ध्वस्त भएको छ ।
पाटन क्षेत्र आसपासका पुराना घरमा पनि क्षति पुगेको छ । कतिपय कच्ची घरहरु नै चर्किएका छन् । त्रसित मानिसहरु अहिले पनि पाटन दरबार स्क्वाएरकै खाली स्थानमा बसिरहेका छन् । भूकम्पकै कारण अरनीको राजमार्ग अन्तर्गत लोकन्थली र सानो ठिमीबीचको भाग पुरै भासिँदा यातायात आवागमनमा समस्या देखिएको छ ।
बीचको भाग भासिएपछि बाटो एकतर्फी भएको छ । बाटो भासिएसँगै त्यस आसपासका घरसमेत चर्किएका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय पनि चर्केको छ । source-imagekhabar;