गजल By, मानन्धर अभागी
आधा जलेको खप्परले मसान जगाउँदै छ
कलम छाडी कविले खुकुरी चलाउँदै छ
आफू विरुद्धमा जो लाग्छ थर्काएर धम्क्याएर
राणा कालीन शासन शासक बनाउँदै छ
कस्तो साहित्यकार होला सीधै पो धम्क्याउँछ
खुकुरीको धार जस्तै वोली उदाउँदै छ
साहित्यमा आजकाल राजनीति त्यो कूनीति
व्यर्थै विवाद गरी मुद्दा उठाउँदै छ
कोषको बाँकी रकम सम्मान र पुरस्कार
कसरी हात पार्ने हो प्रस्ताव राखी आउँदै छ ।
मानन्धर अभागी