कोमल By, गज़ल :
स्वर्गमै छुन्छु झैं,मच्चियो जिन्दगी
दौडियो,लम्कियो,घिच्चियो जिन्दगी
तड्पियो भोकले,प्यासले,तापले
रोजका चोटले,भाँच्चियो जिन्दगी
नाहकै होमियो,व्यस्तमा भीडमा
बेसरी पेलिँदा,किच्चियो जिन्दगी
जीर्ण भो लातले,बातले,घातले
नाङ्गियो,रित्तियो,बुच्चियो जिन्दगी
बीचमै अल्झियो,आशमा जेलिँदा
खाँदमा भासियो,ङिच्चियो जिन्दगी
पिल्सियो रोगले,दर्दले,शोकले
मच्चियो,मच्चियो,थच्चियो जिन्दगी
(बहरे मुतदारिक मुसम्मन् सालिम)
स्रग्विणी छन्द
(komalpbhatta@yahoo.com)