जाजरकोट चैत्र २५,
यहाँको दुर्गम गाउँमा फैलिएको रोगले एक सातामा चार जनाको ज्यान गएको छ । रोगबाट सयौँ मानिस बिरामी परेका छन् । जिल्लाको अर्छानी, पैंक, नायकवाडा र सक्ला गाविसमा रोग फैलिएको छ ।
अर्छानी–३ की १६ वर्षीया सुस्मिता जैसी, पैंक गाविसमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ४ की जयसरी रोकाय, वडा नं ५ का खम्बबहादुर नेपाली र वडा नं ३ की एक महिला रहेको स्थानीय शिक्षक मोहन शाहीले जानकारी दिए ।
नायकवाडा–९ धुम र सक्ला–६ लुहागानमा अत्रात रोग फैलिएको स्थानियले बताएका छन् । बिरामीमा टाउको, छाती र हातखट्टा दुख्ने, वाकवाकी लाग्ने र ज्वरो आउने लक्षण रहेको रोग फैलिरहेको स्थानीयवासीले बताएका छन् । गाउँमा रोग फैलिएको खबर आउनसाथ ती क्षेत्रमा औषधि र स्वास्थ्यकर्मीको टोली पठाइएको जिल्ला स्वास्थ्य प्रमुख धीरजङ्ग शाहले बताए ।
सक्ला गाविसमा १७८ जनाको उपचार गरिएको जनाइएको छ । स्वास्थ्यकर्मीको टोली पुगे पनि रोगको पहिचान हुन सकेको छैन । केही गाउँका केही व्यक्तिहरु भारतबाट फर्किएपछि रोग फैलिएको स्थानीयवासीको भनाइ छ । दुर्गममा स्वास्थ्यकर्मी र औषधि नहुँदा उपचारमा समस्या परेको छ । रासस: