काठमाडौँ बैशाख ०९,
व्यवस्थापिका–संसद महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज कल्याण समितिले जाजरकोटमा फैलिएको मौसमी रूघाखोकी ‘फ्लु’ को महामारी अन्य जिल्लामा समेत फैलिँदै गएको सन्दर्भमा जतिसक्दो चाँडो प्रभावकारी नियन्त्रणका लागि सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले तीन हप्तादेखि फैलिएकोको महामारीबाट थप मृत्यु हुन नदिन रोगीहरूको स्वास्थ्यकर्मीसँग पहँुच सुनिश्चित गर्न समेत निर्देशन दिएको छ ।
महामारी प्रभावित क्षेत्रमा नियन्त्रणको लागि स्वास्थ्य, शिक्षा, खानेपानी, सरसरफाइ, पोषणलगायतको अभियान सञ्चालन गर्न र अध्ययन अनुसन्धान गरी भविष्यको लागि योजना बनाउन पनि समितिले आग्रह गरेको छ । रासस :