लम्की (कैलाली) बैशाख ०९,
कैलालीको उदासीपुर–१ सुन्दरपुरस्थित गाउँघर क्लिनिक भवन एक कार्यक्रमबीच प्राथमिक स्थास्थ्य केन्द्रमा हस्तान्तरण गरिएको छ । उदासीपुर गाविसको रु ८० हजार आर्थिक सहयोगमा निर्मित एककोठे कच्ची भवनको हस्तान्तरण गरिएको हो ।
गाउँघर क्लिनिकबाट प्रजनन स्वास्थ्य सेवा तथा परामर्श, सम्पूर्ण खोप कार्यक्रम तथा अन्य स्वास्थ्य सुविधा प्रदान हुने क्लिनिक निर्माण उपभोक्ता समिति अध्यक्ष पदमबहादुर ऐरले बताए ।
गाविसले चालु आर्थिक वर्षमा सुन्दरपुरमा रहेको क्लिनिकसहित तीन वटा गाउँघर क्लिनिक निर्माणका लागि रु ८० हजारका दरले बजेट विनियोजन गरेको उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख श्रीराम चौधरीले बताए । गाविसको वडा नं ९ प्रतापुर र वडा नं ५ सिउपुरमा गाउँघर क्लिनिकको हस्तान्तरण गर्न बाँकी रहेको छ । रासस :