तेल अभिव (इज़रायल) बैशाकः ४,
नारीदर्पण : नेपाल मुक्तक प्रतिष्ठान इज़रायल शाखाले आज भव्य रुपमा वनभोज कार्यक्रक्रम सम्पन्न गरेको छ ।
प्रतिष्ठानले नेपाली नव बर्ष २०७२ को शुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रम इज़रायालको तेल अभिव शहर, दरोम पार्कमा आज आयोजना गरेको थियो । वनभोज कार्यक्रममा उपस्थित सम्पूर्णले भरपुर मनोरंजन लिएको बताए ।
बैदेशिक रोजगारको सिलसिलामा इज़रायलमा कार्यरत नेपालीहरुको जमात बीच गत बर्ष जुलाई २०१४ मा स्थापित मुक्तक प्रतिष्ठान इज़रायल शाखाले ६ महिनामै ''मुक्त आकाश'' संयुक्त मुक्तक संग्रह प्रकाशित गरिसकेकोछ र हरेक पर्व र अवसरमा समयानुकुल पारि यस्तै साहित्यिक कार्यक्रमहरु गर्दै आएकोछ ।
तेल अभिव शहरको सुन्दर दरोम बगैंचा बीच मनोरन्जनात्मक ठुलो पानी पोखरी, ओरिपरी हरियाली चौर वृक्षले ढपक्क ढाकिएको अत्यन्त सुन्दर आँखाले नभ्याउने लोभलाग्दो पार्कमा हजारौं मानिसहरु वनभोज तथा अनेक मनोरंजन गरि रमाइरहेका देख्न सकिन्थ्यो ।
अनेक मिठोकुरा (खसीको भुटन, चिउरा, भुजिया, मोलेको अचार, गाँजरको हलुवा, सेलरोटी, पकाएको, काटेको हरिया सलादहरु) को स्वादमा यस्तो रमणीय वातावरणमा नाचगान गर्दै गर्दा दिन ढल्केको पनि पत्तै भएन उपस्थितहरुले भने र मौसमले पनि अत्यन्तै साथि दिएको थियो , यसरी प्रथम चरण सकियो ।
यसरी रमाइलो गर्दै दोस्रो चरणमा खसीको मासु, पुलाउ, आलुकाउली तरकारी, पोलेको पखेटा, काटेको थरि थरिका सलादहरु, इच्छानुसारको पिउने चिजको ब्यबस्थाले बनभोज गज्जब भरपुर रमाइलो भएको थियो । बिहान ११ बजे देखि अपराहन्न पाँच बजे सम्म चलेको थियो नव्भोज कार्यक्रम ।