झापा, ४ वैशाख,
बालिका बलात्कारको अभियोगमा झापाको विर्तामोड–७ का नविन चुडाललाई इलाका प्रहरी कार्यालय विर्तामोडले नियन्त्रणमा लिएको छ । चुडालले इलामको इभाङ–९ मा घर भई विर्तामोडस्थित काकीको कोठामा पाहुना आएकी नौ बर्षीया बालिकालाई बलत्कार गरेको उजुरीको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
घटना अनुसार घरको नजिकै च्याउ फाराममा च्याउ हेर्न गएकी बालिकालाई चुडालले हिजो ५ बजे बलात्कार गरेका थिए । घटनालगत्तै बालिका चिच्याउँदै कोठामा पुगेपछि उनको काकीले सोधपुछ गर्दा बलात्कार गरेको सार्वजनिक भएको थियो ।
घटना बुझेपछि बालिकासहित इलाका प्रहरी कार्यालय विर्तामोड पुगेकी उनकी काकीले उजुरी गरेपछि प्रहरीले चुडाललाई नियन्त्रणमा लिएको जनाएको छ ।
बालिकाको स्वास्थ्य परीक्षणका लागि सोही दिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएको थियो ।
स्वास्थ्य परीक्षण भएपनि रिपोर्ट आइ नसकेकोले बलात्कार हो वा होईन भन्न नसकिने इलाका प्रहरी कार्यालयका डिएसपी सञ्जय राउतले बताए । ४ वजे उनलाई कोठामै छोडेर किनमेल गर्न विर्ताबजार गएको बेलामा ती बालिका बलात्कारको सिकार बनेकी थिईन् ।