काठमाडौँ चैत्र १,
सह–प्राध्यापक मीनाकुमारी रिसालले नेपालीमा अनुवाद गर्नुभएको श्रीमद्भागवत् गीताको हिजो लोकार्पण भएको छ । अनुदित ग्रन्थको एकप्रति टङ्गालस्थित लक्ष्मी–नारायण मन्दिरमा अर्पण गरेपछि लोकार्पण गरिएको हो।
गीतामा कर्म गर्न तर फलको आशा नगर्न शिक्षा दिएको छ । गीतामा सात सय श्लोक समेटिएको छ। पाँच सय प्रति मुद्रित २१९ पृष्ठको उक्त पुस्तकको मूल्य रु ३०० निर्धारण गरिएको छ। रासस :