चितवन, फागुन २० गते
शिशिर सिंखडा : अष्ट्रेलियामा अध्ययनरत पुर्वी चितवनको जुटपानी ७ सुर्यपुरका उज्वल
पौडेललाई व्लड क्यान्सर भएकाले उपचारका लागी आर्थिक सहयोग
गरिदिन परिवारले आग्रह गरेका छन् ।
एक वर्ष अगाडी विद्यार्थी भिसामा
अध्ययनका लागी अष्ट्रेलियाको ब्रिसवेन शहर पुगेका २० वर्षिय पौ
डेल अहिले व्रिसवेनको अस्पतालमा उपचाररत छन् । व्लड क्यान्सर भएका
पौडेलको उपचार गर्न नेपाली १ करोड रुपैया भन्दा वढि लाग्ने
अस्पतालले जनाएको उज्वलका बुवा डम्वर पौडेलले जानकारी दिनुभयो
।
वोन म्यारो प्रत्यारोपण वाहेक सामान्य उपचार त्यहाँको स्वास्थ्य
विमा कम्पनीले गरिदिने भएपनि महंगो शुल्क भने आफैले वेहो
र्नु पर्ने भएकाले समस्या परेको पौडेलले वताउनुभयो । घरको आर्थिक
अवस्था कमजोर रहेकाले त्यति ठुलो रकम जुटाउन समस्या भएको र छो
राको जीवन रक्षाका लागी सहयोगको अपेक्षा गरिएको उज्वलकी आमा
लिला पौडेलले सवैमा आग्रह गर्नुभयो ।
उज्वलको उपचारका लागी
गैर आवासीय नेपाली संगठन अष्ट्रेलिया र क्वीन्सल्याण्ड शहर
को नेपाली संगठनले पनि सहयोगका लागी सवैसंग अनुरोध गदै
र्
आर्थिक संकलन थालिएको जनाएको छ । रिंगटा लागी अस्पतालमा
जचाउन पुगेका उज्वलको रगत परिक्षण गर्दा व्लड क्यान्सर भएको
त्यहाँको अस्पतालले वताएको वुवा डम्वर पौडेलले वताउनुभयो ।
उज्वललाई सहयोग गर्न चाहनेले उनका बुबा डम्वर पौडेलको मो
वाईल नम्वर ९८४५१३९५७८ मा सम्र्पक गर्न सक्नु हुने छ ।