काठमान्डू माघ २४,
त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले नाट्यसम्राट् बालकृष्ण समको ११३ औँ जयन्तीको उपलक्ष्यमा बालकृष्ण समको पूर्णकदका सालिकमा माल्यार्पण गर्नुभयो । सोही अवसरमा कविशिरोमणि लेखनाथ पौडयाल र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदका सालिकमा पनि माल्यार्पण
गरियो ।
त्रिमूर्ति निकेतनद्बारा आयोजित विशेष काव्यसभामा सुनीता कार्की, ठाकुर बेलवासे, बाबा वस्नेत, यादव भट्टराई र ललिता दोषीले कविता वाचन गर्नुभएको
थियो ।
त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा.राजेन्द्र सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.ठाकुर पराजुली र सदस्यसचिव नरेन्द्रराज प्रसाईले नाट्यसम्राट् बालकृष्ण समको नेपाली भाषासाहित्यमा भएको योगदानका विषयमा चर्चा गर्नुभयो । साथै उहाँहरुले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धान्जली हुन्छ भन्नुभयो ।