चितवन, माघ २१,
शिशिर सिंखडा
जुटपानी : सिद्धिविनायक आवासीय मा.वि., खोलेसिमलले विद्यालयको २०औं
वार्षिकोत्सवको अवसरमा आज बुधबार खोलेसिमल बजारमा सरसफाई गरी
जनचेतनामुलक होर्डिङ्ग बोर्ड राखेको छ ।
विद्यालयका शिक्षक, स्काउट ट्रुप र
विद्यार्थीहरुले बजार क्षेत्रमा सरसफाई गरेका थिए । फोहोरका कारण विभिन्न
रोगहरु लाग्ने भएकोले स्थानीयलाई सचेत रहन अनुरोध गर्दै विद्यार्थीहरुले
सरसफाई र जनचेतनामुलक ¥याली समेत गरेको विद्यालयका प्राचार्य विष्णुमणी
लामिछानेले जानकारी दिए ।
सामाजिक उत्तरदायित्वमा संस्थागत विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने
भन्दै विद्यालयले विगतका वर्षहरुमा पनि बजार सरसफाई, ट्राफिक नियमको
जनचेतना लगायतका कार्यक्रमहरु गर्दै आएको विद्यालयका सहायक प्राचार्य साजन
थापा मगरले बताए ।
विद्यालयले २०औं वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वको
रुपमा समाज परिवर्तनको लागि निरन्तर क्रियाशील रहने योजनाका साथ कार्यक्रमहरु
गरिने सहायक प्राचार्य मगरले बताए । बजार सरसफाईकै क्रममा बजारका विभिन्न
१५ स्थानमा जनचेतनामुलक होर्डिङ्ग बोर्ड समेत राखिएको छ ।
कार्यक्रममा छोराछोरीमा भेदभाव नगरौं, बजार स्वच्छ तथा सफा राखौं,
बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गरौं लगायतका नारा अंकित होर्डिङ्ग
बोर्ड राखिएको थियो ।
विद्यालयका डाइरेक्टर लिला बहादुर गुरुङ्गको अध्यक्षतामा
भएको कार्यक्रममा विद्यार्थीहरुको ¥यालीले बजार परिक्रमा समेत गरेको थियो ।
विद्यालयको २०औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत
भोली बिहिबार निशुल्क स्वास्थ्य शिविर कार्यक्रम समेत आयोजना गरिएको छ ।