गीत: म अनि तिमी:
किन होला,
तिम्रो मायाले जिउन मलाई दिदैंन,
किन होला,
तिम्रो छायाँले भुल्न मलाई मान्दैन।
आखिर यो जीवन त माटोमा फूल्ने हो,
आखिर यो जीवन त ॠणमा डुब्ने भो।
किन होला,
तिम्रो अधिकार मेरो संस्कारमा छुट्दैन,
किन होला,
तिम्रो सम्मान मेरो आँखाबाट झरदैन।
कसरी फूल फूल्यो यो हिर्दय आँगनमा,
कसरी प्रेम बस्यो मेरो मिलन यात्रामा।
किन होला,
तिम्रो मुस्कान् मेरो आँखाबाट हट्दैन,
किन होला,
तिम्रो समर्पण् मेरो जीवनबाट मेट्दैन।
जसरी मायाले रूपभित्र आत्मा चिन्दछ,
त्यसरी ईश्वर् निश्छल् प्रेममा हिड्दछ।
गोपाल प्रधान