''गज़ल"
तिमी मार्गदर्शन,तिमी हौ किनारा
तिमी प्रेमबन्धन,तिमी हौ सहारा ll
तिमी हौ जुनेली,सदा जगमगायौ
तिमी स्वच्छ आँगन,तिमी हौ सितारा ll
सधैँ निष्कपट भै,गर्यौ चाह मेरो
गर्यौ प्यार कन्चन,हँसायौ पियारा ll
कयौं बिघ्न पर्दा,समाल्यौ तुरुन्तै
लगाएर तनमन,हटायौ तगारा ll
पुग्यौ धाम सारा,खुसी माग्न मेरो
गर्यौ धेर किर्तन,र चोखो पुकारा ll
रम्यो जिन्दगानी,हुँदा प्रीत साँचो
तिमी मस्त यौवन,तिमी हौ इशारा ll
रिसैमा रसैमा,तिमी मुस्कुरायौ
दियौ मिष्ट भोजन,दियौ भाइचारा ll
बनायौ सबै दिन मिठो "प्रेम दिन" झैं
बनी राख धड्कन तथा प्रेमधारा ll
(Happy Valentine 's Day)
भुजङ्ग प्रयात छन्द (बहरे मुतकारिब मुसम्मन् सालिम)
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका