गजल By, मानन्धर अभागी
विरानो भो हेर यत्रो शहरमा आज
म राम्री भइनँ उस्को नजरमा आज
हाम्रो त्यो गन्तव्य बाटोले पो विराएछ
र त ठेस लाग्यो लामो सफरमा आज
भित्र भित्रै पाक्यो फर्सी जस्तै कुहिएर
अउँसा परेछ मेरो रहरमा आज
चोखो मेरो माया हत्या गरेछौ तिमीले
लाश तुल्य भएँ नदी वगरमा आज
विरानो भो हेर यत्रो शहरमा आज
म राम्री भइनँ उस्को नजरमा आज ।
मानन्धर अभागी