कविता ''बन्धकीमा जिन्दगी''
डर र सन्त्रास बिना
फूल जसरी निर्धक्क भएर फुल्छ
त्यसरी नै फुलेको थियो मेरो जिन्दगी
त्यों स्वर्ग जस्तो कोख भित्र कोपिला भएर
अनि आमाको काखमा कमल भएर
आमालाई लाख धन्यवाद !
जस्ले आफ्नो छातीको दुघ बाटै
चौरासी ब्यञ्जन भन्दा बढ़ीको तृप्ति दिलाईन
म धन्य छू
मेरो वात्सल्यको सम्झनाबाट……
फूल जसरी निर्धक्क भएर फुल्छ
त्यसरी नै फुलेको थियो मेरो जिन्दगी
त्यों स्वर्ग जस्तो कोख भित्र कोपिला भएर
अनि आमाको काखमा कमल भएर
आमालाई लाख धन्यवाद !
जस्ले आफ्नो छातीको दुघ बाटै
चौरासी ब्यञ्जन भन्दा बढ़ीको तृप्ति दिलाईन
म धन्य छू
मेरो वात्सल्यको सम्झनाबाट……
जसरी कछुवाले आफ्नो फुल बालुवामा पुरेर छोड्छ
त्यसै गरी,
मैले पनि आफ्नो बलबूतोले आमाको काख छोड़े
मेरी बूढी आमा भन्दा एक कदम छिटो हिड्ने भएँ
र,
त्यस दिन आफ्नै खुशीको पराकाष्टा उछिनेको थिएँ
लाग्ने गर्थ्यो कुनै अग्लो शिखर नाघेको छू
एक फड्कोमा
एक कान्ला सम्झेर
त्यस दिन एउटा सपना पगड़ी सरि गुथेको याद छ
सात समुन्द्र पारी बाट ख़ुशी किनेर ल्याउँछु
मेरी बूढी आमाको अँजुलीमा खन्याई दिन्छु
जसरी बसन्तले प्रकृतिमा बहार ………
जसरी बर्खाले खडेरिमा झरी……
अन्तत,
आज त्यही सपना रूपी भोक पछ्याउदै
घामले छाँया पछ्याए जसरी……
यो बिरानो भूमी टेकेकै बर्षौ भयो
तर……
तर ,कतै सपना फुल्ने रुख देखिन
उमंग छल्किने झरना भेटिन
आँखाको ज्वती छर्ने हिमाल भेटिन
ख़ुशी किन्ने बजार भेटिन
सबै-सबै भन्दा किम्ती आमाको ममता पाइन
मेरी आमा पाइन…………
आज त्यही सपना रूपी भोक पछ्याउदै
घामले छाँया पछ्याए जसरी……
यो बिरानो भूमी टेकेकै बर्षौ भयो
तर……
तर ,कतै सपना फुल्ने रुख देखिन
उमंग छल्किने झरना भेटिन
आँखाको ज्वती छर्ने हिमाल भेटिन
ख़ुशी किन्ने बजार भेटिन
सबै-सबै भन्दा किम्ती आमाको ममता पाइन
मेरी आमा पाइन…………
मात्र एक थोकले बनेको शहर छ
कंक्रीटको निर्जीव शहर
कंक्रीटको आत्मा बिहिन मान्छे
कंक्रीट कै चमक धमक ……
कंक्रीट कै महल .……
कंक्रीट कै सड़क ………
हो,यही कंक्रीटले बनेको खुला जेल छ
अनि,
यसै भित्र बन्धक छू "म"
र म जस्तै लाखौ जिन्दगीहरु ………
कंक्रीटको निर्जीव शहर
कंक्रीटको आत्मा बिहिन मान्छे
कंक्रीट कै चमक धमक ……
कंक्रीट कै महल .……
कंक्रीट कै सड़क ………
हो,यही कंक्रीटले बनेको खुला जेल छ
अनि,
यसै भित्र बन्धक छू "म"
र म जस्तै लाखौ जिन्दगीहरु ………
कल्पना राई (ख़ुशी)
दक्षिण कोरिया
दक्षिण कोरिया