मेलम्ची, २७ माघ ,
सिन्धुपाल्चोक जिल्लाको सुनखानी गाविस वडा नं २ की ४५ वर्षीया सञ्चमाया तामाङको जीवन बचाउन सहयोगका लागि तिनका परिवारले आह्वान गरेको छ ।
आर्थिक अवस्था कमजोर भई आन्द्रामा देखिएको क्यान्सरको उपचार गर्न समस्या भएपछि क्यान्सर पीडित सञ्चमायाका श्रीमान् नकले तामाङले श्रीमतीको उपचारका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको हो । तीन महिनादेखि क्यान्सरका कारण आन्द्राले काम नगरेपछि भक्तपुर क्यान्सर अस्पतालमा सञ्चमायाको उपचार भइरहेको छ ।
सम्पत्तिको नाममा एउटा पाखामा घरबाहेक केही नरहेकाले श्रीमतीको उपचार गर्न नसकेको नकलेले बताउनुभयो । सानै उमेरमा विवाह गरेका तामाङको एक छोरा र छोरी छन् । एक्लैको कमाइले बालबच्चा हुर्काउनुपर्ने र घर चलाउनुपर्ने उहाँको बाध्यता छ ।
सहयोग गर्न चाहनुहुने महानुभावले नकलेको मोबाइल ९८४३७६३७०७ नम्बरमा फोन गरी सहयोग गर्न हुन अनुरोध गरिएको छ । रासस :