पोखरा, २३ माघ ,
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) कास्कीको आयोजनामा पोखराको प्रदर्शनी केन्द्रमा यही फागुन ८ देखि ११ गतेसम्म छैटौँ सूचना तथा प्रविधि मेला हुने भएको छ ।
उक्त मेलामा बृहत् सूचना प्रदर्शनी, आइसिटी सम्मेलन, क्षेत्रीयस्तरको खुल्ला नेपाली टाइपिङ प्रतियोगिता, मेला अवधिभर आइसिटी हाजिरिजवाफ प्रतियोगिता, निःशुल्क हार्डवेयर तालिम, निःशुल्क कम्प्युटर मर्मत जस्ता कार्यक्रम गरिनेछन् । मेलामा सूचना तथा प्रविधिसम्बन्धी १२५ कक्ष राखिने आयोजकले जनाएको छ । रासस :