जुटपानी,२२ माघ
शिशिर सिंखडा : सिद्धि विनायक आवासीय मावि जुटपानी–६ खोलेसिमलको
२० औं वार्षिकोत्सवको अवसरमा आज निशुल्क स्वास्थ्य
शिविर एवम् खेलकुद कार्यक्रम भएको छ ।
विद्यालयका
अभिभावकहरुलाई नारायणी सामुदायिक अस्पतालको
सहयोगमा स्वास्थ्य परीक्षण र निशुल्क औषधि वितरण समे
त गरिएको थियो । शिविरमा १९० जनाको मधुमेह,उच्च र
क्तचाप,हाडजोर्नी,नसा लगायतका रोगको स्वास्थ्य पर
ीक्षण गरिएको विद्यालयका प्राचार्य विष्णुमणि लामिछानेले
जानकारी दिए ।
शिविरमा बरिष्ठ फिजिसिएन डा.राजु बस्ने
त,डा.महेन्द्र अग्रहरी र डा.विजय गुप्ताले विरामीहरुको
स्वास्थ्य परीक्षण गरेका थिए । त्यसैगरी वार्षिकोत्सवको
अवसरमा अभिभावकहरु बीच घैटो फुटाई,म्युजिकल चियर
लगायतका खेलकुदहरु गरिएको थियो भने सप्ताहव्यापी
कार्यक्रममा उत्कृष्ट विद्यार्थी एवम् अभिभावकलाई
पुरस्कार समेत वितरण गरिएको थियो ।
कार्यक्रममा
विद्यालयका प्राचार्य विष्णुमणि लामिछाने, विद्यालयका निदेर्शक लिला बहादुर गुरुब,सहायक प्राचार्य सागर थापामगर
लगायतले मन्तव्य व्यक्त गरेका थिए ।