पोखरा फागुन ६,
घरमा कोही नभएको मौकामा छोरी बलात्कार गर्ने एक बुवालाई जिल्ला अदालत कास्कीले १६ वर्ष कैद र १ लाख रुपैया“ जरिवाना गरेको छ ।
न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल ईजलासले ४७ वर्षीय ती पुरुषलाई जवरजस्ती करणी महलको ३ (३) अन्तर्गत ६ वर्ष र हाडनाता करणीअन्तर्गत १० वर्ष कैदको फैसला गरेको हो । वैदेशिक रोजगारीवाट फर्किएका कास्की पुम्दिभूम्दी घर भई हाल पोखरा–१७ बस्दै आएका ती पुरुषले गत दसैंमा पत्नी टिका थाप्न माईत गएका बेला छोरीलाई करणी गरेका अभियोगमा मुद्दा दायर गरिएको थियो ।
बाबुविरुद्द उजुरी दिएका बलात्कृत छोरी र आमाले अदालतमा मुद्दा चलेपछि भने बलात्कार नभएको बयान दिएका थिए । अदालतका श्रेस्तेदार दिनवन्धु बरालले अदालतले अन्य परिप्रेक्षलाई हेरेर फैसला गरेको जानकारी दिए । ‘बकपत्र वदलेपनि अन्य प्रमाणका आधारमा बलात्कार भएको ठहरे हो,’ उनले भने, ‘त्यसैको आधारमा फैसला गरिएको हो ।’ अन्नपूर्णबाट :