रामपुर (चितवन ) फाल्गुन ३ ।
अनन्तप्रकाश सुवेदी : विनरक इन्टरनेशनल फार्मर टु फार्मर भोलुन्टर कार्यक्रम अन्तर्गत रामपुर स्थित
कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकहरुलाई कोर्ष निमाण, प्लालिनंग तथा
अन्य आवश्यक एक हप्ते पेडागोजिको तालिम आइतबार सुरु भएको छ ।
यो तालिम
अध्यापन जीवन सुरु गर्न लाग्नुभएका र भविष्यमा विश्वविद्यालयको नेतृत् वगर्न
लाग्नुभएका नयाँ अनुहारहरुलाई अत्यन्त आवश्यक र फाइदाजनक रहेको कृषि
संकाय डिन प्रा डा डिल्लि बराल तथा कार्यक्रमका प्रमुख अतिथिले बताउनुभएको हो ।
कार्यक्रम निरन्तर शिक्षा निर्देशनालयका निर्दशक प्रा मोहन शर्माको अध्यक्षतामा
संचालन भएको थियो ।
कार्यक्रमको सहजिकरण यु एस ए आइडि फार्मर टु फार्मर कार्यक्रमका
स्वयंसेवकहरु प्रा रिचार्ड ए एडवार्डस र प्रा म्यारी एडवार्डसले गर्नुहुने छ । टेक्सास
विश्वविद्यालयमा तीस वर्ष प्राध्यापन गरिसक्नुभएका एडवार्डसद्वयले कृषि तथा वनका
प्राध्यापकलाई कसरी विद्यार्थिहरुलाई आफू प्रति आकर्षित गर्ने, कोर्ष विभाजन
गर्ने र समयमा कसरी कक्षा संचालन गर्ने लगायतको रचनात्मक तरिका आफुले सिकाउने
बताउनुभयो ।
कार्यक्रममा प्रा. दैनिक बहादु नेपाली, प्रा. मोहन शर्मा, विनरक इन्टरनेशनलका
अनुगमन तथा मुल्यांकन विशेषज्ञ छन भट्टचन, कृषि तथा वन विषय अध्यापनरत शिक्षक
शिक्षिका लगायतको सहभागि रहनुभएको थियो । कार्यक्रम विश्वविद्यालयको निरन्तर शिक्षा
निर्देशनालयको संचालन र विनरक इन्टरनेशलनको संयोजनमा भएको हो ।